Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • रमदान पर्व रोजामात्र नभई मानवता र पवित्रताका अभ्यासहरूको संयोजन : प्रधानमन्त्री प्रचण्ड

    रमदान पर्व रोजामात्र नभई मानवता र पवित्रताका अभ्यासहरूको संयोजन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 354
    SHARES

    काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रमजान पर्वले मानिसलाई सत्मार्गमा डोर्‍याउन, संयम, परोपकारी र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको बताएका छन् ।

    मंगलबारदेखि सुरू भएको रमजान रोजा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले रमदान पर्व व्रत अर्थात् रोजामात्र नभई मानवता, सहयोगी भावना र सद्भाव जस्ता पवित्रताका अभ्यासहरूको संयोजन भएको बताएका हुन्।



    उनले पर्वले मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।



    ‘मंगलबारदेखि सुरू भएको रमजान रोजा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्वी लगायत समस्त दिदीबहिनी तथा दाजुभाइमा रमजानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार