Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फाका उपाध्यक्षसहित १० जना कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) उपाध्यक्षसहित १० जनालाई कारबाही गर्न निर्देशन दिएको छ।

मलेसियासँगको मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको साथमा एन्फाका १० जना सदस्य पनि गएपछि मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको हो।

एन्फाका उपाध्यक्ष दीपक खतिवडा टोली प्रमुख बनेर मलेसिया गएका छन्।

यस्तै एन्फाका केन्द्रीय सदस्य महेन्द्र क्षेत्री (अफिसियल), सिइओ इन्द्रमान तुलाधर (अफिसियल), जिल्ला सदस्यहरू भरत घिमिरे (अफिसियल), बुद्धिबहादुर गुरुङ (अफिसियल), सुनील लोप्चन (अफिसियल), जयकृष्ण श्रेष्ठ (अफिसियल), प्रवीण श्रेष्ठ (अफिसियल), सुविनकुमार श्रेष्ठ (अफिसियल) पनि मलेसिया गएका छन्।

यस्तै ज्ञानबहादुर राईलाई किट व्यवस्थापक बनाएर मलेसिया पठाइएको छ। राष्ट्रिय खेलकुद विकास ऐनअनुसार राष्ट्रिय खेलकुद परिषद्‌को स्वीकृति लिई अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्था रहेको छ।

तर दश जनाका लगि स्वीकृति नलिएको जानकारी प्राप्त भएको खेलकुद मन्त्रालयको भनाइ छ। नेपालले चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ।

त्यहाँ केही दिन तयारी गरेपछि नेपाली टिम चैत ८ र १३ गते बहराइनसँग खेल्न बहराइनमा जानेछ। यी दुई खेल विश्वकप छनोटका खेल हुन्।

दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले होम म्याच समेत बहराइनमा खेल्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077