Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रविलाई सांसद खतिवडाले भने - आफूविरुद्व लागेका मुद्दामा चलखेल नगर्नू

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूविरुद्ध लागेका मुद्दामा चलखेल गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

बिहीबार संसद भवन परिसरमा बोल्दै सांसद खतिवडाले यस्तो चेतावनी दिएका हुन्। उनले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताए।

सांसद खतिवडाले आफूविरूद्धका मुद्दाका बारेमा आफैंले सांसदहरूलाई जानकारी गराउनुपर्ने बताए। उनले दाग लागेका मन्त्रीहरूलाई सरकारमा राख्न नहुने बताए।

सांसद खतिवडाले विपक्षमा हुँदा दाग लागेका मन्त्रीबारे प्रश्न उठाउनेहरु नै अहिले सरकारमा मन्त्रीकारुपमा सहभागी भएको बताए ।

उनले गृहमन्त्री लामिछानेले हिजो अरुलाई प्रश्न गरेजसरी अहिले ठाउँको ठाउँ कारबाही गरेर देखाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077