Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रौतहट गोली काण्ड : थप एक चाईनिज पेस्तोल र गोली बरामद

रौतहट । रौतहटमा आईएमई सञ्चालकमाथि गोली प्रहार भएको घटनामा थप एकथान चिनियाँ पेस्तोल बरामद गरिएको छ ।

जिल्लाको परोहा नगरपालिका ९ मा शुक्रबार दिउँसो भएको गोली काण्डमा घटनास्थलबाट झण्डै ३ किलोमिटर पर थप अर्को चाईनिज पेस्तोल र गोली बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले साँझसम्म उक्त स्थानमा सर्च अप्रेसन गरेको थियो । मोटरसाइकल चढी आएका ३ भारतीयले परोहामा शिव मनी ट्रान्सफर चलाएर बसेका २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गरेको थियो ।

गोली लागी घाइते साहको वीरगन्जमा उपचार भइरहेको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै स्थानीयको सहयोगमा सुरक्षाकर्मीले भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

उति बेलै घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली बरामद गरेको थियो । सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077