Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय राजनीतिको मियो एमाले नै हो : प्रदीप ज्ञवाली

ओखलढुंगा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश असफल हुन नदिन विकल्प खोजिएको दाबी गरेका छन्।

एमालेको स्कूल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले पार्टीभित्र नयाँ गठबन्धन ठिक कि प्रतिपक्षमा बसेर मिसन ८४ चलाउने भन्ने बहसपछि विकल्प रोजिएको बताए।

मुलुक आर्थिक र राजनीतिक हिसाबले असफल बन्ने बाटोमा गएको, वैदेशिक हस्तक्षेपले सीमा नाघेकाले एमालेले २०८४ कुर्न नसकेको बताए ।

एमालेको बलमा प्रधानमन्त्री बनेका प्रचण्ड केही समय कांग्रेससँग कुम जोड्न पुगेपनि राष्ट्रिय राजनीतिको मियो एमाले नै हो भन्ने निष्कर्षमा पुगेपछि नयाँ गठबन्धन बनेको उपमहासचिव ज्ञवालीलेको भनाई छ ।

उपमहासचिव ज्ञवालीले देश बन्छ भन्ने आत्म विश्वास टुट्न नदिन राष्ट्रिय हित विपरित बनेको गठबन्धन भत्काएर प्रगतिशिल गठबन्धन बनाएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077