Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेस संसद्‌लाई बन्धक बनाएर राख्ने पक्षमा छैन : रामहरि खतिवडा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसद्‌लाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् ।

ढुवानी व्यवसायी महासंघ, नेपालले गरेको कार्यक्रममा बोल्दै सांसद खतिवडाले यस्तो बताउका हुन् ।

सांसद खतिवडाले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पारिरहेका बेला कांग्रेस संसद्लाई अवरुद्ध पार्ने पक्षमा नरहेको बताए ।

सांसद खतिवडाले कानून निर्माण गर्ने थलो संसद्लाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखी अघि बढाउनका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताए ।

उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार दिन सकिने भन्दै त्यसका लागि पनि कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

सांसद खतिवडाले देश निर्माण गर्ने मनसाय भए नेताहरुले पार्टीभन्दा माथि उठ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077