Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बाबुरामले बोलाए नेसपा केन्द्रीय कार्यकारिणीको आकस्मिक बैठक

काठमाडौं । नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै छ ।

महेन्द्रराय यादव र गङ्गानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष बाबुराम भट्टराईले आकस्मिक रूपमा बैठक बोलाएका हुन् ।

जसअनुसार आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ। महेन्द्रराय यादव पक्षधर नेताहरूले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए।

मूलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ। शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुँदे सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए।

अध्यक्ष भट्टराईले यादव र श्रेष्ठले गरेको सो सहमतिमा पार्टीको कुनै पनि निर्णय बिना भएको भन्दै आजको बैठकबाट दुवै जनालाई कारबाही गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077