Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यादव पक्षले माओवादीसँग गरेको एकता खारेज गर्ने नेसपाको निर्णय

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिले माओवादी केन्द्रसँगको पार्टी एकता खारेज गरेको छ ।

अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराययादव पक्षले माओवादी केन्द्रसँग गरेको एकता खारेज गर्ने निर्णय गरेको हो ।

पार्टीलाई संगठनात्मकरूपमा देखिएका समस्या समाधान गर्दै पुनर्जिवित गर्ने विषयमा पार्टी गम्भीर रहेको समाजवादी पार्टीले जनाएको छ ।

नेसपाको विधानमा केन्द्रीय कार्यकारिणीमा ३५ जनाको व्यवस्था भए पनि हाल २९ जना रहेका छन् ।  त्यसमध्ये आइतबारको बैठकमा २० जना सहभागी थिए ।

नेसपाका अर्का अध्यक्ष यादव पक्षले शनिबार माओवादी केन्द्रसँग पार्टी एकता गर्नेसहितका चार बुँदे सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077