Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कांग्रेसको विरोध सत्ता छाड्दाको छट्पटी मात्र हो : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा नेपाली कांग्रेसले गरेको विरोध सत्ता छाड्दाको छट्पटाहटमात्रै भएको बताएका छन्।

सचेतक बर्तौलाले सरकार छाड्नुपर्दाको पीडा कांग्रेसले संसदमा देखाएको बताएका हुन्।

उनले पुनगर्ठित सरकारलाई केही समय काम गर्न दिनुपर्ने बताए। सचेतक बर्तौलाले सुन तस्करी छानविन प्रतिवेदनका आधारमा दोषीलाई कारबाही हुनुपर्ने र प्रतिवेदनले उजागर गरेका विषय सार्वजनिक गर्नुपर्ने बताए।

सरकारले प्रतिवेदनलाई पूर्णरूपमा कारबाही गर्ने निर्णय नै गरिसकेको अवस्थामा कोही पनि दोषी उम्कने गुञ्जायस नरहेको उनले बताए।

उनले प्रतिवेदनको पूर्ण कार्यान्वयन नभएसम्म सरकारलाई झक्झकाउने काम एमालेले गर्ने प्रस्ट्याए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077