Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मधेश सरकारमा एमालेका यादवले लिए मन्त्रीको शपथ

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुन: गठन गरेका छन् ।

केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै मधेशमा नयाँ गठबन्धनको सरकार बनेको हो । नयाँ गठबन्धनमा रहेका दलहरु उनकै नेतृत्वमा सरकारमा सामेल भएका छन् ।

सोमबार मुख्यमन्त्री यादवले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

लगत्तै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भौतिक पूर्वाधारमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

भौतिक पूर्वधारमा यादव नियुक्त भएसँगै कांग्रेसका कृष्णप्रसाद यादव पदमुक्त भएका छन् । मधेशमा गठबन्धन टुटेपनि कांग्रेसले सरकार छोडेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077