Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उमा ज्ञवालीले लगाइन् एसएसपीको फुली

    उमा ज्ञवालीले लगाइन् एसएसपीको फुली

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 5.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएकी उमा ज्ञवालीले दर्ज्यानी चिन्ह पाएकी छिन् ।

    मंगलबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फकी ज्ञवालीलाई एसएसपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।



    उनलाई गत फागुन १३ गते एसएसपीमा बढुवा सिफारिस गरिएको थियो ।



    उनी नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंज, काठमाडौंमा कार्यरत छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार