Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सहकारी ठगीमा संसदीय सुनुवाइ समिति गठन गर्न सरकार डरायो : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्न सरकार डराएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले सरकारमाथि नै प्रश्न चिन्ह खडा भएको बताएका हुन् ।

उनले संसदीय समिति गठन गर्न नसक्ने सरकारले आफ्ना साझा न्यूनतम कार्यक्रममा विभिन्न आयोग गठन गर्ने उल्लेख गरेको भन्दै आपत्ती जनाए।

सांसद खतिवडाले भने,'सरकारले न्यूनतम साझा कार्यक्रम सुनियो। विभिन्न आयोग गठन गर्छु भन्ने पनि त्यहाँ उल्लेख गरिएको पाइयो। सहकारी ठगीको एउटा संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँडने सरकारले कस्तो आयोग गठन गर्ला ? अचम्मको विषय पर्‍यो सभामुख। जनतालाई ढाँट्ने काम नहोस्। '

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार हरेक क्षेत्रमा विफल हुने दावी गरे।

नेता खतिवडाले सबै स्थानीय तहका अस्पताल निर्माणका लागि रकम अभाव भएको भन्दै तुरुन्त रकम पठाउने व्यवस्था गर्न सरकारसँग माग गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077