Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • इयूले भन्यो – नेपालले हवाई सुरक्षाको प्राविधिक क्षेत्रमा अझै सुधार गर्न आवश्यक छ

    इयूले भन्यो – नेपालले हवाई सुरक्षाको प्राविधिक क्षेत्रमा अझै सुधार गर्न आवश्यक छ

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 423
    SHARES

    काठमाडौं । यूरोपेली संघ (ईयू) की एसिया र प्रशान्त क्षेत्रकी उपकार्यकारी निर्देशक पाओला पाम्पालोनीले नेपालले हवाई सुरक्षाको प्राविधिक क्षेत्रमा अझै सुधार गर्न आवश्यक रहेको बताएकी छन् ।

    हरेक दुई वर्षमा हुने नेपाल–इयूको १५ औं संयुक्त आयोगको बैठकमा सहभागी हुन इयू टोलीको नेतृत्व गर्दै आएकी पाम्पालोनीले बुधबार सञ्चारकर्मीहरुसँगको संवादमा यस्तो बताएकी हुन् ।



    उनले हवाई सुरक्षाको प्राविधिक क्षेत्रमा अझै सुधार गर्न ईयूले अझै सहयोग गर्ने पनि बताइन् । नेपालको नागरिक उड्डयन प्राधिकरणले नै हवाई उडान सञ्चालन र निगमन गरिरहेको छ ।



    नेपालमा हवाई दुर्घटना बढिरहेको उल्लेख गर्दै इयूले सन् २०१३ को डिसेम्बरदेखि यूरोपको आकाशमा नेपाली जहाजलाई उड्न अनुमति दिएको छैन् ।

    नेपाल–इयूको १५ औं संयुक्त आयोगको बैठक मंगलबार काठमाडौंमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार