Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीका डीएसपीद्वय चन्द र बरालको सरुवा

    कैलालीका डीएसपीद्वय चन्द र बरालको सरुवा

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 2K
    SHARES

    कैलाली । कैलालीमा कार्यरत दुईजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार डीएसपीद्वय कुलदिप चन्द र गणेश बहादुर बरालको सरुवा भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा पठाइएको छ ।



    उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा आउने भएका छन् ।



    यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यररत डीएसपी बरालको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी, अन्वेषण योजना शाखामा गरिको छ ।

    उनको स्थानमा वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यरत गंगा बहादर थापा आउने भएका छन् । उनीहरुसँगै प्रहरी प्रधान कार्यालयले बुधबार १४१ डीएसपीको सरुवा गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार