Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • घुससहित पक्राउ परेका सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    घुससहित पक्राउ परेका सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 318
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाइ कार्यालय सप्तरीका सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले सव-इन्जिनियर अजय रजकविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।



    भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।



    केही दिनअघि अख्तियारको टोलीले सेवाग्राहीबाट लिएको १५ हजार नगद र ५५ हजारको चेकसहित उनलाई नियन्त्रणमा लिएको थियो।

    उनीमाथि ७० हजार रुपैयाँ बराबरको बिगो र सजायको माग गरिएको अख्तियारले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार