Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं उपत्यकाबाट २९ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट तासजुवा खेलेको आरोपमा २९ पक्राउ परेका छन् ।

नागार्जुन नगरपालिका–१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।

रानिवन बस्ने गोरखा ताकुकोट–४ घर भएका ३५ वर्षीय सुजन थापासमेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८ सय २५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

यसैगरी नागार्जुन नगरपालिका–१ रानिवनकै सनराइज हाइटस्थित रिता भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

धादिङ चरौदी घर भएका ३५ वर्षीय रामजी उप्रेती समेत ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरुबाट १ लाख ३२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित बरामद भएको छ । त्यस्तै ललितपुर महानगरपालिका–१८ नख्खुस्थित रूम्बा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ निलकण्ठ नगरपालिका–४ घर भएका ४४ वर्षीय राजेन्द्र बहादुर आलेमगर समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ हजार ७ सय २५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077