Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंबाट जथाभावी रंग दल्ने ९२ जना पक्राउ

काठमाडौं । होली मनाउने क्रममा जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा ९२ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा ८३ पुरुष र ९ महिला पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरूलाई अवस्था हेरेर आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।

त्यसैगरी काठमाडौंबाट मादक पदार्थ सेवन गरेर चलाइएका २९५ वटा २ पांग्रे सवारी (मोटरसाइकरस्कुटर) र ७ वटा ४ पांग्रे सवारी गरी ३०२ थान सवारी साधन नियन्त्रणमा लिइएको छ ।

अन्य अप्रिय घटना भने नभएको प्रहरीले जनाएको छ । होलीलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

ट्राफिक चेकिङदेखि सादा पोशाकमा प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077