Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अन्तर्राष्ट्रिय सम्बन्धलाई शान्तिपूर्ण माध्यमबाट व्यवस्थापन गरिनु नै कूटनीति हो : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले विमतिहरूलाई संवादका माध्यमबाट शान्तिपूर्ण तरिकाले समाधान गर्न सक्नु नै मानव जातिको श्रेष्ठताको उत्कृष्ट उदाहरण भएको बताएका छन् ।

स्विजरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८औँ महासभालाई आज सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले जलवायु परिवर्तनको गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रहरूले अन्तरराष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउन आह्वानसमेत गरे ।

'अन्तर्राष्ट्रिय सम्बन्धलाई संवाद, वार्ता र अन्य शान्तिपूर्ण माध्यमबाट व्यवस्थापन गरिनु नै कूटनीति हो । विवादको समयमै निरूपण गर्दै सहकार्य प्रवर्धन र साझा हितको बढावा गर्ने कूटनीति मार्फत मात्रै राष्ट्रहरूबीच संवाद, सहकार्य र सम्मानका माध्यमबाट सम्पूर्ण मानवजातिकै अधिकतम कल्याणका लागि अघि बढ्ने सिंगो विश्वको सामूहिक प्रयास सफल हुन सक्छ,' उनले भने ।

उनले संसदीय कूटनीति परम्परागत कूटनीतिको पूरक रहेको पनि बताए । संसद् आफैँमा लोकतन्त्र र जनमतको उपज रहेको बताउँदै उनले संसदीय कूटनीतिले अन्तर्राष्ट्रिय सम्बन्धहरूमा लोकतान्त्रिक आयाम र वैधता थप गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077