Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाको महत्व स्थापित गर्न लाग्छु : अध्यक्ष दाहाल

चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले राष्ट्रिय महत्वका विषयलाई उच्च प्राथमिकता दिने गरेको बताएका छन्।

आज चितवन पुगेका अध्यक्ष दाहालले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने बताएका हुन् ।

उनले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताए।

प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ।

त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उनले उल्लेख गरे।

राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै दाहालले अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077