Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

होलीमा होहल्ला गरेको आरोपमा पक्राउ परेका १०५ जना छुटे

काठमाडौं । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका २७७ मध्ये १०५ जनालाई प्रहरी छाडेको छ ।

फागु पूर्णिमाका दिन नियमविपरीत काम गरेको आरोपमा पक्राउ परेका मध्ये १०५ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले छाडेको हो ।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको थियो ।

उनीहरूको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति नै परिवारको जिम्मा लगाइएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चार पाङ्ग्रे सात वटा सवारी साधनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाइ सवारी चलाएको अभियोगमा उनीहरूलाई सवारी साधनसहित नियन्त्रणमा लिइएको हो

​होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले आइतवार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077