Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विष्णु सापकोटासँग एलिनाको ‘प्याचअप’, वैशाखमा बिहे गर्दै

काठमाडौं । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।

अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्।

दुई महिना अगाडि मात्रै एलिनाले विष्णुबाट ‘धोका खाएको’ समाचार सार्वजनिक भएको थियो ।

उनीहरूको ‘ब्रेक अप’ को खबर सार्वजनिक भएपछि एलिनाले फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् ।

त्यसमा उनले ब्रेकअपको स्वीकारोक्ति गरे पनि आफ्नो इच्छाबिना र सही समयको पर्खाइबिना समाचार लेखिएको गुनासो गरेकी थिइन् ।

दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्।

झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।

उनले वैशाख ५ मा विवाह गर्ने भन्दै एउटा बुटिकमा लत्ताकपडाको अर्डर समेत दिइसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077