Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • दाबी नपुगेको भन्दै ‘स्पट फिक्सिङ’ मा आलम र अन्सारीले पाए सफाइ

    दाबी नपुगेको भन्दै ‘स्पट फिक्सिङ’ मा आलम र अन्सारीले पाए सफाइ

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 672
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेका पाँच जनाले सफाइ दिएको छ ।

    न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको हो ।



    अघिल्लो वर्ष पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी-२० का खेलमा स्पट फिक्सिङ भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान अघि बढाएको थियो।



    जसमा सिआइबीले नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको थियो ।

    नवीन कँडेल र रवि माझी फरार थिए। पक्राउ परेपछि उनीहरु गतवर्ष तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार