Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्पट फिक्सिङ प्रकरण : पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश

    स्पट फिक्सिङ प्रकरण : पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 846
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर मोहमद आदिल आलमसहित तीन जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरुसँग ३ लाख रुपैयाँका दरले धरौटी माग गर्ने आदेश दिएको हो । सीआईबीका अनुसार अदालतले माग गरेको धरौटी बुझाएर उनीहरु थुनामुक्त हुन पाउने छन् ।



    बाराको सिम्रौनगढ-३ का मोहमद आदिल आलम, सप्तरीको राजविराजका महबुब आलम र पर्साको वीरगन्जका नितेश गुप्ता पक्राउ परेका थिए ।



    सोही मुद्दामा काठमाडौंको कलंकीका नविन कँडेल र सप्तरीको राजविराजका रबि माझी भने फरार छन् । उनीहरुलाई गत पुस ९ गतेदेखि २७ गतेसम्म भएको नेपाल टि-२० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार