Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण :

    पूर्वक्रिकेटर महबुब आलमले भने – ६ म्याचको ३६ लाख हुने भनेको थिएँ, दुवै जनाले मानेनन्

    पूर्वक्रिकेटर महबुब आलमले भने – ६ म्याचको ३६ लाख हुने भनेको थिएँ, दुवै जनाले मानेनन्

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 537
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलमले नेपाल टी–२० लिगमा स्पट फिक्सिङका लागि दुई जना खेलाडीसँग अप्रोच गरेको स्वीकारेका छन् ।

    बयानमा आलमले त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिगमा दुई जना खेलाडीलाई आफूले फिक्सिङका लागि प्रस्ताव राखेको बताएका हुन् ।



    अनुसन्धानका क्रममा महबुबलाई हासिम अन्सारीसँग भएको मोबाइल कुराकानीको अडियो रेकर्ड पनि सुनाइएको थियो । आफुसँग भएको उक्त सम्वाद अन्सारीले रेकर्ड गरेको हुनसक्ने महबुबले बताएका छन् ।



    आफ्नो छिमेकी रवि माझीले पोखरा एभेन्जर्सका एक जना खेलाडी र फार वेष्ट युनाइटेडका अर्का एक खेलाडीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएर आउट भए अथवा बलिङ गर्दा एक ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिए नेपाली ६ लाख रुपैयाँ दिने प्रस्ताव राखेको आलमको भनाइ छ ।

    माझीले खेलाडीको काम हुनसाथ पैसा उपलब्ध हुने बताएको उनले भनेका छन् । अर्का खेलाडीले तत्काल निर्णय नदिएको उनले भनेका छन् । महबुबका अनुसार उनले हासिम अन्सारी र आरिफलाई मात्र प्रस्ताव गरेको र उनीहरुले स्विकार नगरेका कारण कुनै रकम नपाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार