Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाल टी-२० लिग : स्पट फिक्सिङको आरोपमा थप एकजना पक्राउ

    नेपाल टी-२० लिग : स्पट फिक्सिङको आरोपमा थप एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 534
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको सीआईबीको टोलीले थप एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका नितेश गुप्ता रहेका छन् ।

    सीआईबीका अनुसार उनलाई केही दिन अघि वीरगन्जबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।



    ब्युरोले यसअघि दुई जनालाई पक्राउ गरेको थियो । पूर्वखेलाडी मेहबुब आलम र अहिलेका खेलाडी आदिल आलम पक्राउ परेका थिए ।



    स्पट फिक्सिङमा संलग्न चार नेपाली मध्ये तीनजना पक्राउ गरेर अनुसन्धान भइरहेको छ भने एकजना नेपाली र ६ जना भारतीय अझै फरार रहेको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार