Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बाँसबारी जग्गा प्रकरणमा बसन्तसँग पनि लियो सीआईबीले बयान

    बाँसबारी जग्गा प्रकरणमा बसन्तसँग पनि लियो सीआईबीले बयान

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 258
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बसन्त चौधरीसँग पनि बयान लिएको छ।

    बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा सीआईबीले चौधरीसँग बयान लिएको हो ।



    चौधरीसँग बुधबार नै बयान लिइएको सीआईबी स्रोतले बतायो । बसन्त चौधरीसँगको बयानपछि आज बिहान सीआईबीले कांग्रेस सांसदसमेत रहेका विनोद चौधरीसँग बयान लिएको छ।



    उनी बिहान ७ बजे बयानका लागि सीआईबी कार्यालय पुगेका थिए। यसअघि माघ १८ गते बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरूण चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो।

    बाँसबारी जग्गा प्रकरणमा तीन महिना अनुसन्धान गरेपछि सीआईबीले त्यहाँको १० रोपनी जग्गा हडपेको भन्दै अरूण चौधरीसहित  चाँदवाग रेसिडेन्सी प्रालि बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।

    कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार