Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : सीआईबीले बुझायो प्रतिवेदन

    नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : सीआईबीले बुझायो प्रतिवेदन

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 621
    SHARES

    काठमाडौं । नेपाल टी–२० लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

    सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट सरकारी कार्यालयलाई बुझाएको हो ।



    १२ जनालाई प्रतिवादी बनाएर कारबाहीको माग गर्दै प्रतिवेदन प्रहरीले बुझाएको छ। घटनामा मुख्य अभियुक्त नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई बनाइएको छ।



    सो प्रतियगिताका लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

    प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकी ७ जनालाई पक्राउ वा मुद्धा चलाउन सिआइबीले सरकार वकीलको कार्यालयलाई बुझाएको प्रतिबेदनमा उल्लेख छ ।

    उनका अनुसार १२ जनालाई प्रतिवादी बनाईएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार