Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अदालतको आदेशपछि स्पट फिक्सिङमा मुछिएका तीनजना धरौटी बुझाएर रिहा

    अदालतको आदेशपछि स्पट फिक्सिङमा मुछिएका तीनजना धरौटी बुझाएर रिहा

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 498
    SHARES

    काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको घटनामा पक्राउ परेका तीनजना धरौटीमा रिहा भएका छन ।

    बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।



    आदेशपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेशकुमार गुप्ता तीनरतीन लाख धरौटी बुझाएर रिहा भएका हुन् । उनीहरु अदालतले माग गरेको धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए ।



    काठमाडौंको कीर्तिपुरमा भएको नेपाल टी–२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार