Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण :

    आदिल आलमको बयान : ह्वाट्स एपमा प्रस्ताव आयो तर मजाक गरेको सोचेँ

    आदिल आलमको बयान : ह्वाट्स एपमा प्रस्ताव आयो तर मजाक गरेको सोचेँ

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 750
    SHARES

    काठमाडौं । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका क्रिकेटर आदिल आलमले स्पट फिक्सिङमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

    भारतीय समीर शेख नामका व्यक्तिले आफूलाई फिक्सिङका लागि प्रस्ताव गरेको भएपनि आफूले त्यसअनुरुप नखेलेको बताएका हुन् ।



    बयानको क्रममा अन्सारीले भने, ‘नेपाल टी-२० लिग सुरु भएको केही दिनपछि सामान्य चिनजान भएका भारतका समीर शेख भन्ने व्यक्तिले लिगमा म पनि खेल्न लागेको थाहा पाएर मैले प्रयोग गर्ने ह्वाट्स एप नम्बरमा हेलो भनी मेसेज पठाए ।



    त्यसपछि ह्वाट्स एपमा कल गरी एउटा नो बल र वाइड बल फालिदेउ । सो वापत १ लाख रकम दिने प्रस्ताव राखेका थिए । तर मैले निजलाई तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भनी निजसँग कुरा गर्न छाडिदिएको थिएँ ।’

    आफ्नो टीममा तीब्र गतिको बलर नभएको कारण आफूलाई नै बलिङ गर्न कोचले निर्देशन दिएको कारण बलिङ गरेको उनको जिकिर छ । त्यसअघि वकिल र प्रहरी समक्ष बयान दिँदा उनले आफूलाई प्रस्ताव आएको स्वीकार गर्दै त्यसबारे नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई समेत जानकारी गराएको बताए ।

    उनले आफूलाई स्पट फिक्सिङका लागि समिर शेखले प्रस्ताव गरे जसरी बलिङ नगरेको बताएका छन्। शमिर शेखले उनलाई वाट्सएपमा कल गरेर नो बल र वाइड बल गरेमा एक लाख रुपैयाँ दिने भनि म्यासेज गरेका थिए। तर सामान्य रकम प्रस्ताव गरेकाले उनले मजाक गरेको होला भनेर गम्भीरतापुर्वक नलिएको बयान दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार