Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

श्रममन्त्री अर्यालले भने - रुस जान श्रम स्वीकृतिको व्यवस्था गरिएको छैन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हालः कुनै पनि व्यक्तिलाई रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । उनले रुस जान श्रम स्वीकृतिको व्यवस्था नगरिएको बताए ।

उनले रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पारे।

वैदेशिक रोजगार व्यवसायीले रुसको सुरक्षित स्थानका लागि ल्याएको डिमान्डलाई स्वीकृती दिने निर्णय अघिल्लो मन्त्रीको पालामा भएको निर्णय भएकाले आफ्नो कार्यकालमा नै निर्णय भएको भन्ने कुरा गलत भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077