Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संवैधानिक परिषदको बैठक बस्दै, रिक्त पदपूर्तिको तयारी

    संवैधानिक परिषदको बैठक बस्दै, रिक्त पदपूर्तिको तयारी

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 507
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा रिक्त रहेका संवैधानिक पदमा नियुक्तिबारे छलफल हुनेछ । अहिले महालेखा परीक्षकसहित विभिन्न संवैधानिक निकायमा पद रिक्त रहेको अवस्था छ ।



    नियुक्तिकै विषयमा प्रधानमन्त्री प्रचण्डले शनिबार विपक्षी दलका नेता शेरबहादुर देउवा र सत्ता साझेदार दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । उक्त छलफल सकारात्मक बनेको बताइएको थियो ।



    प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार