Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • बालुवाटारमा संवैधानिक परिषद्को बैठक

    बालुवाटारमा संवैधानिक परिषद्को बैठक

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 441
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठक आइतवार बिहान ९ बजेपछि बालुवाटारमा जारी छ ।

    बैठकमा रिक्त रहेका संवैधानिक पदमा नियुक्तिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    नियुक्तिकै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार विपक्षी दलका नेता शेरबहादुर देउवा र सत्ता साझेदार दलका नेता नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।



    प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार