Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्यकर्तालाई देउवाको निर्देशन - कांग्रेसलाई बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गरौँ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलादेवी सिंह फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यस्तो निर्देशन दिएका हुन् ।

उनले कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताए ।

पार्टीमा आबद्ध महिलाहरूलाई अझ बढी सशक्तिकरण गर्दै कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077