Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहाडका सिंगो गाउँगाउँमा धर्म परिवर्तन भयो, तराईमा पनि महारोग सल्कियो : कमल थापा

भैरहवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागेको बताएका छन् ।

राप्रपा नेपाल, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले पहाडका सिंगो गाउँगाउँमा धर्म परिवर्तन भएको बताए । ‘तराईमा पनि म सुन्दैछु, बिस्तारै यो धर्म परिवर्तनको महारोग सल्किएर गएको छ,' उनले भने ।

उनले पश्चिमा मुलुकहरूले भारत र चीनलाई नियन्त्रण गर्नको निमित्त धर्म परिवर्तन गराएर नेपाललाई सांस्कृतिक उपनिवेश बनाउन खोजीरहेको र त्यसमा प्रमुख राजनीतिक दलहरू हतियारको रूपमा प्रयोग भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077