Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री लामिछाने र विश्व बैंकका देशीय निर्देशक जेर्भोसबीच भेटवार्ता

    उपप्रधानमन्त्री लामिछाने र विश्व बैंकका देशीय निर्देशक जेर्भोसबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 498
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच भेटवार्ता भएको छ ।​​ उनीहरुबीच सोमवार सिंहदरबारमा भेटवार्ता भएको हो ।

    भेटमा ​जेर्भोसले मन्त्री लामिछानेलाई सफल कार्यकालको शुभकामना दिएका थिए । विश्व बैङ्कले सामाजिक संरक्षण, डिजिटाइजेसन तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो ।​​



    जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाहरूबाट हुन सक्ने विपद् जोखिमलाई मध्यनजर गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तीनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताए ।



    भेटवार्तामा मन्त्री लामिछानेले विश्व बैङ्कले नेपाललाई भूकम्प पश्चात्‌को पुनर्निर्माण, सामाजिक संरक्षण, विपद् व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको लागि आभार प्रकट गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार