Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको उनी आज विश्वासको मत लिन लागेका हुन् ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेकै नेतृत्वमा सरकार बनाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश कमिटीलाई निर्देशन दिएका थिए ।

उनी प्रधानमन्त्री प्रचण्डको निर्देशन विपरित विश्वासको मत लिन लागेका हुन् । कर्णालीमा हाल माओवादी केन्द्रका राजकुमार शर्माको नेतृत्व छ ।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् ।

चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077