Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहकारी ठगीमा श्रममन्त्री अर्याल पनि संलग्न रहेको कांग्रेस सांसद यादवको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका अन्य नेताहरू पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाएका छन् ।

कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा बोल्दै सांसद यादवले लामिछानेसहित रास्वपाका उपसभापति तथा श्रममन्त्री डोलप्रसाद अर्याल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लगाएका हुन् ।

उनले श्रममन्त्री अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा जोडिएको बताए । सांसद यादवले श्रममन्त्री अर्याल उपाध्यक्ष रहेका हाम्रो नयाँ कृषि सहकारी संस्थामा निक्षेपकर्ताको ४ करोडभन्दा बढी रकम हिनामिना भएको बताए ।

सांसद यादवले भने,'अर्को सहकारी ठगीको विषयमा पनि आएका छ। जसमा रास्वपा उपसभापति तथा श्रममन्त्री डीपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी रकम फिर्ता नपाएको विषय छ। अर्याल मात्रै होइन रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि गोर्खा मिडियाका अध्यक्ष जिवी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्री लगायतको हो भन्ने आरोप छ।'

समस्या ग्रहस्त उक्त सहकारीको छानबिनलाई सरकारले प्रभावित पार्न खोजिएको कांग्रेस सांसद यादवको आशंका छ ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीमाथि छानबिन गर्दा लामिछानेकै हित हुने समेत सांसद यादवले बताए ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077