Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • युक्रेनी विस्फोटक पदार्थ जफत गरेको रूसको दावी

    युक्रेनी विस्फोटक पदार्थ जफत गरेको रूसको दावी

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 321
    SHARES

    एजेन्सी । रूसको सङ्घीय सुरक्षा बल (एफएसबी)ले युक्रेनको विस्फोटक पदार्थ विस्फोटक पदार्थ जफत गरेको छ ।

    युक्रेनबाट पठाइएको र युरोपेली सङ्घहुँदै मूर्तिहरूमा लुकाएर ल्याइएको विस्फोटक पदार्थ एफएसबीले जफत गरेको हो ।



    लाटभियन सीमा नजिकैको उत्तरपश्चिमी पेस्कोभ क्षेत्रमा सामानको जाँचपछि उक्त विस्पोटक पदार्थ जफत गरिएको एफएसबीले विज्ञप्तिमा उल्लेख गरेको छ ।



    एफएसबीका अनुसार,  ‘युरोपेली सङ्घ हुँदै युक्रेनबाट विस्फोटक पदार्थको सीमापार यातायात मार्ग भएको भन्दै कार्गो रोमानिया, हङ्गेरी, स्लोभाकिया, पोल्याण्ड, लिथुआनिया र लाटविया हुँदै गएको’ थियो ।’

    जफत गरिएको विस्पोटक पदार्थमध्ये कार्गोमा ७० किलो घरेलु विस्फोटक र विस्फोटक उपकरणहरू ‘मूर्ति’मा लुकेको र प्रयोगका लागि तयारी अवस्थामा थिए ।

    यस कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको जनाउँदै विदेशीहरू सहित सबै संलग्नहरूलाई पत्ता लगाई रूसमा कानुनी कार्यवाही गरिने स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार