Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुस–युक्रेन युद्धको ५१औं दिन : २० हजार रुसी सैनिक मारिएको जेलेन्स्कीको दाबी

    रुस–युक्रेन युद्धको ५१औं दिन : २० हजार रुसी सैनिक मारिएको जेलेन्स्कीको दाबी

    रुसले परमाणु आक्रमण गर्न सक्ने चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ‘रणनीति परमाणु हतियार’ प्रयोग गर्न सक्ने दावी गर्दै विश्वका सबै देश सम्भावित रुसी परमाणु आक्रमणको सामना गर्न तयार हुनुपर्ने बताएका छन् ।

    अमेरिकी टेलिभिजन च्यानल सीएनएनका पत्रकार जेक ट्यापरसँग अन्तर्वार्ता दिंदै जेलेन्स्कीले युक्रेनी नागरिकको ज्यानको परवाह नगरी पुटिनले परमाणु हतियार वा रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । किभस्थित राष्ट्रपति कार्यालयमा दिएको अन्तर्वार्तामा जेलेन्स्कीले भनेका छन्–‘म मात्रै होइन, सम्पूर्ण विश्व चिन्तित हुनुपर्छ, यो सही सूचना नहुन सक्छ तर यो सत्य हुन सक्छ । तर, हामी डराउने होइन, तयार भने हुनुपर्छ । यो युक्रेनका लागि मात्रै होइन, मलाई लाग्छ पूरा विश्वले सोच्नुपर्ने कुरा हो ।’



    युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको शनिबार ५१ दिन पुगेको छ । जेलेन्स्कीले राजधानी किभलाई कब्जामा लिन खोज्ने रुसी प्रयासको प्रतिरोध गरिरहेको बताएका छन् । शुक्रबार मात्र रुसी सेनाले किभस्थित हतियार कारखानामा आक्रमण गरेको थियो । अमेरिकी अधिकारीले समेत पुटिनले परमाणु हतियार प्रयोग गर्न सक्ने चेतावनी दिँदै आएका छन् । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक बिल बर्न्सले रुसी गतिविधिलाई ‘नजिकबाट नियालिरहेको’ यस अघि नै बताइसकेका छन् ।



    त्यस्तै मोस्कवा युद्धपोत डुबेको घटनाबारे प्रतिक्रिया दिँदै जेलेन्स्की भन्छन्–‘यो अस्तित्वमा छैन भन्ने हामीलाई थाहा छ । हाम्रा लागि यो शक्तिशाली हतियार हो । त्यसैले यो डुब्नु हाम्रा लागि दुःखद घटना होइन। रुससँग जति कम हतियार भयो त्यो नै हाम्रा लागि हितकारी कुरा हो ।’

    राष्ट्रपति जेलेन्स्कीले युद्धमा २ हजार ५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताए । त्यस्तै उनले रुसतर्फ भने १९ हजारदेखि २० हजार सेना मारिएको दाबी गरे । रुसले भने आधिकारिक रूपमा १ हजार ३ सय ५१ जना सैनिक मारिएको बताएको छ ।

    करिब २ महिना लामो संघर्षमा भएको क्षतिको स्वतन्त्र रूपमा भने पुष्टि हुन सकेको छैन । जेलेन्स्कीले करिब १० हजार युक्रेनी सेना घाइते भएको समेत जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार