Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चीनले भन्यो – रुस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउनू

    चीनले भन्यो – रुस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउनू

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । चीनले रूस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा भएको ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ मा समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गरेका हुन् ।



    चिनियाँ राजदूतले दुई देशको युद्धबाट अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन आह्वान गर्दै आर्थिक एवं व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुनेमा जोड दिए ।



    रूस–युक्रेन द्वन्द्वकाबीच विश्व बजारमा आपूर्ति शृङ्खलामा अवरोध भएको छ । अवरोध हटाउँदै आपूर्ति सुनिश्चित गर्न रुस र युक्रेनले यसअघि गरेका सम्झौताको पालनामा गर्नुपर्नेमा पनि उनको जोड छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार