Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चीनले भन्यो – युक्रेनलाई हतियार दिने हामी होइन, अमेरिका हो

    चीनले भन्यो – युक्रेनलाई हतियार दिने हामी होइन, अमेरिका हो

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 498
    SHARES

    एजेन्सी । चीनले रूस–युक्रेन युद्धमा कुनै पनि देशलाई हतियार नदिएको बताएको छ ।

    द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार उल्लेख गरेका छन् ।



    चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको मन्त्रालयले प्रष्ट पारेको छ । चीनले सबै कुरा शान्ति स्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने गरेको प्रवक्ता वाङ वेनबिनले बताए ।



    चीन सधैं शान्ति र संवादको पक्षमा उभिएको भन्दै प्रवक्ताले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनले रचनात्मक भूमिका खेल्ने पनि बताए ।

    “युक्रेनी युद्धभूमिमा हतियार उपलब्ध गराउने चीन होइन, संयुक्त राज्य अमेरिका हो,” वाङले भने । उनले संयुक्त राज्य अमेरिकालाई आगोमा घ्यु थप्न बन्द गर्न र अन्य देशहरूलाई आफ्नो दबाब र धम्की दिन समेत बन्द गर्न आग्रह गरे ।

    अमेरिकाले युक्रेन सङ्कटको राजनीतिक समाधान खोज्नको लागि उल्टो बाटो तय गर्नुको सट्टा रचनात्मक भूमिका खेल्नुपर्ने वाङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार