Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पुटिनको युद्धविराम घोषणा युक्रेनद्वारा अस्वीकार

    पुटिनको युद्धविराम घोषणा युक्रेनद्वारा अस्वीकार

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 564
    SHARES

    फाइल तस्विर

    काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेको ३६ घण्टे युद्धविरामलाई युक्रेनले खारेज गरिदिएको छ ।

    रुसी ‘अर्थोडक्स’ क्रिसमसको समयमा पर्नेगरी राष्ट्रपति पुटिनले युद्धविरामको घोषणा गरेपनि यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले भने अस्वीकार गरेका हुन् ।



    युक्रेनी फौजको अग्रता रोक्ने र रुसी सैनिकलाई युद्धमोर्चानजिक पुग्न दिनका लागि मात्र मस्कोले युद्धविराम घोषणा गरेको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्धविराम नमान्ने भनेका हुन् ।



    युक्रेनमाथि आक्रमण गरेको १० महिनाभन्दा लामो समयपछि रुसले पहिलो पटक गरेको युद्धविरामलाई यूक्रेनले कूटिल चाल भन्दै अस्वीकार गरिदिएको हो ।

    युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम नहुने प्रष्ट गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार