Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता पुष्टि हुँदैछ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संसदीय छानविन समिति गठन गर्न ढिलाई हुँदा त्यसको औचित्य झन् पुष्टि हुँदै गएको बताएका छन्।

बुधबार संसद भवनमा बोल्दै सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न कांग्रेसले लगातार संसदीय समिति गठनको माग राख्दा पनि त्यसलाई बेवास्ता गर्नुले छानविनको औचित्य पुष्टि हुँदै गएको बताएका हुन्।

सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न तयार नहुनुले सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको स्पष्ट भएको उनले बताए।

उनले कुनै दोष नहुँदा संसदीय छानविन समिति गठन गर्न अफ्ठ्यारो मान्नुपर्ने अवस्था नै नरहेको बताए। महतले सरकार नै अफ्ठ्यारो पर्ने डरले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि छानविन समिति गठन गर्न नचाहेको दाबी गरे।

कांग्रेसजस्तो संसदीय मर्यादामा चल्ने पार्टी अरु कुनै नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077