Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गृहमन्त्री रविकी पत्नी निकिता आवद्ध सहकारीमा काठमाडौं महानगरपालिकाको छापा

    गृहमन्त्री रविकी पत्नी निकिता आवद्ध सहकारीमा काठमाडौं महानगरपालिकाको छापा

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 2.6K
    SHARES

    काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौं महानगरपालिकाले छापा मारेको छ ।

    सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेकी पत्नी पौडेल आवद्ध सहकारीमा बुधबार महानगरपालिकाको सहकारी विभागले छापा मारेको हो ।



    गृहमन्त्री लामिछाने पत्नी पौडेल सो सहकारीकी सेयर सदस्य हुन् भने निवर्तमान उपाध्यक्ष समेत हुन् ।बचतकर्ताहरुको उजुरीका आधारमा पछिल्ला केही महिनादेखि सो सहकारी अनुसन्धानमा तानिएको थियो ।



    महानगरपालिकाका अनुसार सहकारीमा महानगरपालिकाको टोलीले अनुगमन गरेको र आवश्यक कागजातहरु नियन्त्रणमा लिएको छ ।

    बिजुलीबजारस्थित कार्यालयमा पुगेको नगर प्रहरीसहितको टोलीले सहकारीको पछिल्लो साधारणसभाको उपस्थिति, निर्णयसहितका माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण लगायत कागजात लिएको छ ।

    काठमाडौं महानगरपालिकाले समस्याग्रस्त सहकारी संरक्षण गर्ने अभियान चलाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार