Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलकाताको आईपीएल इतिहासकै दोस्रो उच्च योगफल

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई विशाल लक्ष्य दिएको छ ।

विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले दिल्लीलाई २७३ रनको विशाल लक्ष्य दिएको हो । उसले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनायो ।

यो आइपीएल इतिहासको दोस्रो ठूलो योगफल हो । आईपीएलमा यसै सिजनमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । तर कीर्तिमान तोड्न कोलकाता चुकेको छ ।

कोलकाताका ओपनर सुनिल नारायणले ३९ बलमा ७ चौका ७ छक्कासहित सर्वाधिक ८५ रनको आक्रामक इनिङ खेले ।दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077