Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईपीएल : दिल्लीविरुद्ध कोलकत्ताको फराकिलो जित

    आईपीएल : दिल्लीविरुद्ध कोलकत्ताको फराकिलो जित

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 522
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति विशाखापटनममा भएको खेलमा कोलकत्ताले दिल्लीलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । कोलकत्ताका लागि सुनिल नरिनले सर्वाधिक ८५ रन बनाए ।



    अनकृष रघुवंशीले ५४ , आन्द्रे रसेलले ४१ र रिङ्कु सिंहले २६ रन बनाए । दिल्लीका एनरिक नोर्ट्जेले ३ विकेट लिए । ईशान्त शर्माले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १–१ विकेट लिए ।



    १ सय ७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर २ बलमा सवै विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टब्सले ५४ रन बनाए ।

    कोलकत्ताका लागि वैभव अरोराले र वरुण चक्रवर्थिले समान ३–३, मिचेल स्टार्कले २ तथा आन्द्रे रसेल र सुनिल नरिनले समान १–१ विकेट लिए ।

    जितसँगै कोलकत्ता ३ खेलमा शत प्रतिशत नतिजा सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने ४ खेलमा १ जित सहित नवौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार