Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पेट्रोलियम अन्वेषण उपकरण बोकेको ट्रक पल्टियो

    पेट्रोलियम अन्वेषण उपकरण बोकेको ट्रक पल्टियो

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 1.7K
    SHARES

    सुर्खेत । पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रलिङ’ मेसिनको सामाग्री बोकेको ट्रक पल्टिएको छ ।

    ट्रक कर्णाली राजमार्गको पाली भन्ने ठाउँमा दुर्घटना भएको हो । यद्यपि चालकलाई भने केही नभएको दुल्लु प्रहरीले जनाएको छ ।



    नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थलमा लगिँदै गर्दा दुर्घटना भएको हो । ठूला ट्रक, साँघुरो सडक हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।



    ठुला र लामा ट्रकका लागि कर्णाली राजमार्ग साँघुरो हुँदा समस्या भएको छ । २०७२ चैतमा नेपाल र चीन बीच पेट्रोलियम पर्दाथ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएसँगै २०७५ माघमा चीन र नेपालबीच परियोजना स्वीकृत गरिएको थियो ।

    उपकरण आयोजना स्थल पुगेसँगै जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार