Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पेट्रोलियम उपकरण दैलेखमा

    पेट्रोलियम उपकरण दैलेखमा

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 324
    SHARES

    दैलेख । दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरण दैलेख आइपुगेका छन् ।

    चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा सोमबार दैलेख आइपुगेका हुन् ।



    दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा उत्खननका लागि अन्तिम ड्रिलिङ सर्भेको कामका लागि चीनबाट ल्याइएका उपकरण दैलेख आइपुगेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।



    प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मिनी ट्रक २२ वटा र एउटा १२ चक्के ट्रक जलजले पुगेका छन् ।

    उनले साना ट्रक सुर्खेत हुँदै दैलेख आएको र ठुला ट्रक कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग हुँदै जलजलेमा पुग्न लागेको जानकारी दिए । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार