Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल क्रिकेट : पञ्जाबले गुजरातलाई तीन विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले गुजरात टाईटन्सलाई पराजित गरेको छ ।

अहमदाबादमा हिजो भएको खेलमा पञ्जाबले गुजरातलाई १ बल बाँकी छँदै ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २ सय रनको लक्ष्य पञ्जाबले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो ।

पञ्जाबका लागि शशाङ्क सिंहले सर्वाधिक ६१ रन बनाए । गुजरातका लागि नूर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ८९ रन बनाए ।

पञ्जाबका लागि कागीसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १–१ विकेट लिए । जितपछि ४ खेलमा २ जित हात पारेको पञ्जाब तालिकाको पाँचौँ स्थानमा छ । गुजरात ४ खेलमा समान २ जित सहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077