Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईपीएलमा चेन्नईमाथि हैदराबादको सहज जित

    आईपीएलमा चेन्नईमाथि हैदराबादको सहज जित

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 789
    SHARES

    एजेन्सी । भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ ।

    हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको हो ।



    आफ्नो तेस्रो खेलमा चेन्नईले दिएको १ सय ६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।
    त्यसअघि टस हारे रब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।



    यो जितपछि हैदराबाद तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसले चार म्याच खेल्दा दुईमा पराजय र दुई खेलमा जित निकालेको छ ।

    तेस्रो स्थानमा कायमै रहेको चेन्नईले तीन खेल खेल्दा दुईमा जित र दुई खेलमा पराजित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार